कृष्णपुरबाट अवैध चिनी बोकेको जीप प्रहरी नियन्त्रणमा

धनगढी – कञ्चनपुरको कृष्णपुरबाट अवैध चिनी बोकेको जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १५ क्वीन्टल चिनीसहित से १ च २२०० नम्बरको जीपलाई कृष्णपुर नगरपालिका–५ गुलरियाबाट नियन्त्रणमा लिएको हो ।

maya metro hospital

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले एक लाख २० हजार रुपैयाँ बराबरको चिनी र जीपसहित चालकलाई पनि नियन्त्रणमा लिइएको जानकारी दिए ।

बरामद गरिएको चिनीसहित जीप चालकलाई आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.