विद्युतको पावर कम आएको भन्दै बास्कोटाका स्थानियद्धारा विरभद्रलाई ज्ञापन पत्र

अत्तरिया – विजुलीको पावर कम आएको भन्दै कैलालीको गोदावरी नगरपालिका–४ बास्कोटाका स्थानियबासीले विरभद्र विद्युत प्रा.ली अत्तरियालाई ज्ञापन पत्र बुझाएका छन ।

maya metro hospital

५० केभिएको ट्रान्समिटरको क्षमता कम भएकाले क्षमता बृद्धि गरी एक सय केभिएको ट्रान्समिटर जडान गर्न माग गर्दै उनिहरुले ज्ञापन पत्र बुझाएका हुन ।

स्थानिय रोहीत धामीले विद्युतको पावर एकदमै कम पंखा नै नचल्ने अवस्था आएको हुदाँ ट्रान्समिटरको क्षमता बढाउन माग गरेको बताए ।

attariya hospital

‘गर्मीको समय छ, विजुलीको पावर कम हुदाँ पंखा नै चल्दैन, न त राम्रो सँग विजुली नै बल्छ’ उनले भने ‘किसानहरुको साना साना बोरिङहरु पनि चलिरहेका छैनन, त्यसैले विद्युतको ट्रान्समिटरको क्षमता बढाउन ज्ञापन पत्र बुझाएका हौ ।’

उनले आफुहरुका माग सम्बोधन नभए विरभद्र विद्युत प्रा.ली का कुनै पनि कर्मचारीहरुलाई मिटर रिडिङका लागी गाउँमा प्रवेश गर्न नदिईने तथा माथिल्लो तहमा गई कारबाहीका लागी प्रकृया थाल्ने समेत बताए ।

ज्ञापन पत्र बुझ्दै यता विरभद्र विद्युत प्रा.ली अत्तरियाका सहायक कार्यालय प्रमुख डिल्लीराज पाठकले आफुहरुले के कती कारणले विद्युतको क्षमता कम भएको हो भन्ने बारेमा छलफल गर्ने र प्रकृया थाल्ने बताए । उनले कार्यालय प्रमुख बाहीर भएकाले हाल केही गर्न नसक्ने र कार्यालय प्रमुख आउने वित्तिकै उहाँसँग मागका बारेमा कुरा राख्ने बताए ।

गर्मीको समयमा विजुलीको पावर कम भई पंखा समेत नचल्दा आफुहरुलाई समस्या भएको भन्दै बास्कोटाका करिब १ सय ८२ व्यक्तिले ज्ञापन पत्रमा हस्ताक्षर गरेका थिए ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.