कैलालीका कोरोना संक्रमित युवकको मृत्यु
अत्तरिया – कैलालीका १ कोरोना संक्रमित युवाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत जोशिपुर – २ का २८ बर्षीय युवकको मृत्यु भएको हो ।
यसैबिच पछिल्लो २४ घण्टामा २५ कोरोना संक्रमित थपिएका छन । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा १ सय ६७ नमूनाको कोरोना परिक्षण गरिएकोमा २५ संक्रमित थपिएका हुन ।
अस्पतालमा पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमित अस्पतालबाट निको भएर डिस्चार्ज भएका छन । अस्पतालका सूचना अधिकारी श्रेष्ठका अनुसार हाल अस्पतालमा २२ कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये ४ जना आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।