आज साउन सोमबार, शिवालयमा पुजाआजा गरी मनाईदैं
आज साउन महिनाको चौथो सोमबार, देशभरका शिवालयमा सुख, शान्ति तथा सौभाग्य एवम् समृद्धिको कामना गर्दै भगवान शिवलाई जल चढाउन ब्रतालु मन्दिरहरुमा पुगेका छन ।
कोरोना महामारीका बावजुद पनि कैलालीका शिव मन्दिरहरुमा पनि बिहानै देखि दर्शनार्थिको उल्लेख्य सहभागित रहेको छ । श्रावण महिना महादेवको पूजा पाठ गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ ।
पौराणिक मान्यताअनुसार पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेकी हुनाले भगवान शिवलाई खुसी पार्नका लागि यो महिना विशेष हुन पुगेको हो ।
त्यसो त शिवको पूजा बालाचतुर्दशी मङ्सिर, माघे संक्रान्ति माघमा, महाशिवरात्री फागुनमा, अक्षय तृतीया वैशाखमा मनाइन्छ तर अरू महिनामा एक दिन मात्र शिवको पूरा गरिन्छ भने महिनाभरि नै शिवको पूजा हुने महिना भने साउन मात्रै हो ।