२,०१८ किलोमिटर उडेर कीर्तिमान बनाएको चमेरोको मृत्यु

एजेन्सी – दुई हजार १८ किलोमिटर उडेर कीर्तिमान बनाएको चमेरोको मृत्यु भएको छ । लन्डनबाट रुससम्म उडेर कीर्तिमान बनाएको नाथुसिअस पिपिस्ट्रेल चमेरोलाई बिरालोले टोकेर घाईते बनाएपछि उसको मृत्यु भएको हो ।

maya metro hospital

उक्त चमेरोलाई एउटा पुनर्स्थापना समूहले उद्धार गरे पनि पछि मेरेको बताईएको छ । चमेरोको पखेटामा लन्डन चिडियाखानाको सङ्केत चिह्न रहेको जनाइएको छ ।

ब्रिटेनबाट कुनै पनि चमेरोले युरोपमा सबैभन्दा लामो यात्रा गरेको आठ ग्राम तौल भएको नाथुसिअस पिपिस्ट्रेल चमेरो नै भएको छ । त्यसले ब्रिटेनको अभिलेखमा रहेका सबै कीर्तिमानलाई भङ्ग गरेको छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.