विजुली पुगेपछि डोटीको गणेशकाडा र मगरबस्तीका स्थानिय खुसी

डोटी – डोटीको केआईसिँह गाउँपालिका वडा नं. १ गणेशकाडाँ र वडा नं. ४ मगरबस्तीमा पहीलो पटक विद्युत पुगेको छ ।

maya metro hospital

विद्युत् विस्तारका लागि पोल गाडेको बर्षौपछि उक्त गाउँहरुमा बल्ल विद्युत् पुगेको हो । सल्लाको दियालो, टुकी, मैनबत्ती लगायतका साधनहरु बाल्दै आएका त्यहाँका स्थानिय बासिन्दा बिजुली बत्तीको प्रयोग गर्न पाएसँगै खुशी भएका छन् ।

टुकीको भरमा गुजारा चलाउदै आएका यहाँ बासिन्दाहरुलाई ठुलो मेहनतले विजुली बत्तीको सुविधा पु¥याउन पाएको वडा नं १ का वडाध्यक्ष कृष्णबहादुर बमले बताए ।

attariya hospital

दुर्गम क्षेत्रका रूपमा रहेका ती वडामा बिजुली बत्ती नभएका कारण विद्यार्थीहरुलाई पनि पढ्न निकै गाह्रो हुँदै आएकामा अब सो समस्या समाधान भएको गणेशकाडा निवासी तेजबहादुर मगरले बताए ।

जिल्लाका नौओटै स्थानीय तहका प्रत्येक वडामा विद्युत् विस्तार गर्ने रणनीतिअनुसार काम अगाडि बढिरहेको दिपायलस्थित विद्युत् कार्यालयका प्रमुख कौशलदेव जोशीले जानकारी दिए ।

‘कम्तीमा पनि हामी २५÷३० घरधुरीले टुकी र सोलार बत्तीको मद्दतले निर्वाह गर्दै आएका थियौँ’, अर्का स्थानीयवासी केशव बमले भने, ‘हाम्रा गाउँ ठाउँमा बिजुली बत्ती आएसँगै गाउँको मुहार नै परिवर्तन भएको महसुस गरेका छौँ, बिजुली नहुँदाको दुःख अन्त्य भए ।’

बिजुलीको अभावमा टेलिभिजन हेर्न एकादेशको कथाजस्तै भएको थियो भने मोबाइल चार्ज गर्न पनि गाउँपालिकाको सदरमुकाम वाइल जानुपर्ने बाध्यता अब निराकरण भएको अर्का स्थानीयवासी शेरबहादुर ऐरले बताए ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.