समाजिक विकास मन्त्रीद्धारा कञ्चनपुरमा निर्माणाधिन होल्डिङ सेन्टरको अनुगमन
बिकाश सिंह महता/कञ्चनपुर – कञ्चनपुरमा निर्माणाधिन हेल्प डेस्क र नवनिर्मित होल्डिङ सेन्टरको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले अनुगमन गरेका छन ।
कञ्चनपुर जिल्लास्थीत त्रिनगर नाका गौरिफन्टा डोकेबजार स्थित नेपाल–भारत आवतजावत गर्ने मानिसहरुलाई मध्यनजर गरि बनाईन लागेको हेल्प डेस्क र नवनिर्मित होल्डिङ सेन्टरको मन्त्री खड्काले अनुगमन गरेका हुन ।
होल्डिङ सेन्टरको अनुगमन गरेका मन्त्री खड्काले होल्डिङ सेन्टरलाई आवश्यक पर्ने थप सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन । माननिय मन्त्री खड्काले अनुगमन गरेको उक्त होल्ड्रिङ सेन्टरको बाकि आवश्यक भौतिक संरचना निर्माणकालागि सामाजिक विकास मन्त्रालयको समन्वय र कारितास नेपालको आर्थिक सहयोगमा निड्स नेपालले सहकार्य गर्ने सझौता समेत गरेका छन ।
अनुगमन तथा छलफलमा निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मी, पुनर्वास नगरपालिका गणेश साउँद, कार्यक्रम संयोजक केशव मलासी, विनोद सिंह कडारा, गैसका महासंघ नेपाल सुदूरपश्चिम अध्यक्ष र उपाध्यक्ष देवि प्रसाद खनाल, नीर बहादुर शाहिको उपस्थिति रहेको थियो ।
विश्वव्यपीरुपमा फैलिएको पहिलो चरणको महामारीकारण भारतमा रोजगारी गुमाएर नेपाल फर्किने नेपालीहरुको समस्यालाई मध्यनजर गर्दै सरकारले होल्डिङ सेन्टरको स्थापना गरेको थियो ।