सुदूरपश्चिममा २० जनामा कोरोना संक्रमण पुष्टि

अत्तरिया – सुदूरपश्चिममा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

maya metro hospital

शनिबार ५ सय ९१ जनामा गरिएको एन्टिजेन परिक्षणमा १ जना र २ सय जनामा गरिएको पिसिआर परिक्षणमा १९ जना गरी २० जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै प्रदेशमा संक्रमितको संख्या कुल ४५ हजार ४ सय १७ पुगेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

attariya hospital

यसैगरी शनिबार प्रदेशमा २७ जनाले कोरोना जितेका छन । निर्देशनालयका अनुसार प्रदेशका विभिन्न अस्पतालहरुबाट २७ जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन ।

यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या ३५ हजार ९ सय ६८ पुगेको छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.