दार्चुलाको तिंकरमा पहिलो पटक सशस्त्र प्रहरीको (विओपी) निर्माण 

 

दार्चुला– दार्चुलाको तिंकरमा पहिलो पटक सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) निर्माण गरिएको छ ।

maya metro hospital

तिब्बत भएर हुने चोरी, तस्करी, शिकार नियन्त्रण तथा सीमा क्षेत्रमा हुने अवाञ्छित गतिबिधिलाई निगरानी तथा नियन्त्रण गर्न चीनको ताक्लाकोटसंग जोडिएको तिंकरमा पहिलो पटक विओपी निर्माण गरिएको हो ।

पुसमा सशस्त्र प्रहरी र धुलिखेल प्याराडाईज एलवी जेभीबीच बीओपी निर्माणको सम्झौता भएको थियो ।

attariya hospital

६ महिनाभित्र निर्माण कार्य पुरा गर्ने सम्झौता भएपनि हिउले ढाकिएका कारण सो अवधीमा निर्माण कार्य अघि बढाउन नसकिएको धुलिखेल प्याराडाईज एलवी जेभीका सञ्चालक लाल बहादुर बमले बताए । स्थिति अझै सहज नभएपनि निर्माणका कार्य पुरा गरेको उनले बताए ।

सडक मार्गसंग नजोडिएको तिंकरमा मान्छेबाट निर्माण सामग्री ढुवानी गर्न संभव नभएका कारण हेलिकोप्टरबाट निर्माण सामग्री ढुवानी गरेर भएपनि जिम्मेवारी पुरा गरेको उनले बताए ।

कम्पनिले ८७ लाख रुपैयाको ठेक्कामा प्रिफ्याव दुई वटा भवन, र त्यसभित्र दुई वटा बाथरुम, एउटा किचेन र बाहिर दुई बाथरुम निर्माण गरेको छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.