कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय 

 

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बोर्डको बैठकले कोरोना महामारीका कारण साउन ३१ देखि संचालनको तयारी गरेको परिक्षा स्थगन गर्ने निर्णय गरेको हो ।
maya metro hospital
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले परीक्षा स्थगन भएकाले अब परीक्षा हुनुभन्दा १५ दिनअगाडि अर्को मितिबारे सूचना दिइने बताएका छन ।
attariya hospital
बोर्डको अहिले जारी बैठक सकिएपछि औपचारिक रूपमा निर्णय सार्वजनिक गरिने जनाईएको छ । यसअघि शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले बढ्दो कोरोनाभाइरस सङ्क्रमणबीच परीक्षा स्थगनका लागि शिक्षा मन्त्रालय तथा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जनाएका थिए ।
राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि परीक्षा हुने गरी तालिका सार्वजनिक गरेको थियो ।
EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.