बझाङमा खोलाले बगाएका बालकको उद्धार

 

रमेश बहादुर सिह/बझाङ – जयपुथ्वी नगरपालिका–१० स्थित बाउली खोलाले बगाएर ल्याएका बालकको उद्धार गरिएको छ ।

maya metro hospital

शनिबार दिउँसो करिब साढे १२ बजेतिर खोलाले बगाउदै गरेका १४ वर्षिय बालक जयराम बोहराको उद्धार गरिएको हो ।

खोला किनारमा साथीसगै खेल्न गएका सुर्मा गाउपालिकाका बोहोरालाई खोलाले बगाउदै ल्याईरहेको अवस्थामा स्थानिय लाल बहादुर पुनःमगरले उद्धार गरेका हुन ।

attariya hospital

जिल्ला खेलकुद विकाश समितिको मैदानमा साथिहरुसँग फुटबल खेल्दै गर्दा खोलाले बगाईरहेको अवस्थामा उक्त बालकलाई देखे पछि आफुले उद्धार गर्न सफल भएको उनले बताए ।

बझाङ सदरमुकाम चैनपुर जोड्ने पक्कीपुलबाट बगेका उनलाई सामान्य चोटपटक लागेको र उपचारका लागी उनलाई जिल्ला अस्पताल बझाङ लगिएको प्रहरीले जनाएको छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.