कैलालीमा लागूऔषधका २० दिनमा १९ घटना दर्ता
धनगढी – कैलालीमा लागूऔषधको कारोबार बढ्दै गएको छ । जिल्लामा पछिल्लो २० दिनमा मात्रै लागूऔषध सम्बन्धित १९ घटना प्रहरीमा दर्ता भएका छन ।
सो अवधिमा साढे ५ किलोभन्दा बढी चरेस, करिब ६५ ग्राम ब्राउन सुगर, र नाइट्रमेभेटको चार दर्जन ट्याब्लेट बरामद गरिएको छ । लागूऔषध सेवनकर्ता र कारोबारी दिनहुजसो पक्राउ पर्ने गरेको कैलालीका डीएसपी प्रतकि विष्टले बताएका छन ।
उनका अनुसार साउन महिनामा मात्रै ब्राउनसुगरका १५ घटनामा २१ जना, नाइट्रभेटमा १ र चरेसका ३ घटनामा ४ जना गरी २६ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ ।
डीएसपी बिष्टले कैलालीमा खुला सीमाको कारण लागूऔषध कारोबार बढेको बताए । उनले यो वर्ष ७ भारतीय नागरिक लागूऔषधको केसमा पक्राउ गरेको जनाए ।