कोभिशिल्ड खोप नेपाल भित्रियो, अब जेष्ठ नागरिकले दोस्रो डोज लगाउन पाउने

जापानबाट ५ लाख डोज कोभिशिल्ड खोप नेपाल भित्रिएको छ । जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने १६ लाख खोपमध्ये पाँच लाखभन्दा बढी डोज खोप नेपाल आइपुगेको हो ।

maya metro hospital

शनिबार बिहान पाँच लाख १३ हजार ७२० डोज खोप काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका अधिकृत बडेबाबु थापाले जानकारी दिएका छन ।

आइतबार थप दुई लाख ८७ हजार डोज खोप आउने र बाँकी ८ लाख खोप अर्को साता आइपुग्ने स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ ।
कोभिशिल्ड खोप आएसँगै यसअघि पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकले दोस्रो मात्रा लगाउन पाउने भएका छन् ।

attariya hospital

यसअघि कोभिशिल्डको पहिलो डोज लगाएका जेष्ठ नागरिकलाई दोस्रो डोज साउन २५ गते देखि लगाईने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

 

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.