शैक्षिक विकृतीका विरुद्ध कञ्चनपुरमा अखिल फोर्स गठन
कञ्चनपुर – पछिल्लो समय शिक्षमा देखा पर्न थालेका विकृतिका विरुद्ध कञ्चनपुरमा नेकपा (एमाले) माधव नेपाल समूह संवद्ध अखिल फोर्सको कमिटी गठन गरिएको छ ।
अनेरास्ववियुका केन्द्रीय सचिव गणेश सिह ऐरीको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित भेलाले फोर्सको १ सय ५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । कमिटिको संयोजकमा अमित वस्नेत र सह संयोजकमा सुजल क्षेत्री चयन भएका छन ।
भेलाका प्रमुख अतिथि केन्द्रीय सचिव ऐरीले अखिल फोर्स संगठनको विधान अनुसार गठन गरिएको बताए । शैक्षिक विकृति नियन्त्रण र विद्यार्थी हकहितका लागि फोर्सको महत्वपुुर्ण योगदान रहने बताउदै उनले त्यस्ता गतिविधिहरुलाई निर्मुल पार्न आफु पनि सधै तत्पर रहेको बताए ।
अखिल फोर्सका सुदूरपश्चिम संयोजक प्रज्वल कुँबरले सुुदूरपश्चिमका सबै जिल्लामा संगठन विस्तार गरिने बताए । उनले शैक्षिक विकृतीका विरुद्ध अखिल फोर्स गठन भएको बताए ।
भेलामा अनेरास्ववियु स्थायी कमिटी सदस्य ओम बस्नेत, अनेरास्ववियु पूर्व सचिवालय सदस्य सन्तोष नेपाली, अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य मदन चन्द, मोहन देव जोशी, रोहित गजुरेल, शिवा वस्नेत, केन्द्रिय सदस्य निरज बिसी लगायत नेताहरु सहभागी भएका छन् ।
सुदूरपश्चिम प्रदेश संयोजक भएपछि कुँबरले पहिलो भेला कञ्चनपुरमा गरी कमिटी गठन गरेका हुन् । अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य रमेश पन्तले भेला सञ्चालन गरेका थिए ।