आजदेखि देशभर मास्क अभियान सुरु हुँदै

 

कोरोना सङ्क्रमणको महामारी नियन्त्रणका लागि सरकारले आजदेखि एक हप्ता नेपाल मास्क अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार भर्चुअल पत्रकार सम्मेलन गर्दै आजदेखि साउन २९ गतेसम्म नेपाल मास्क अभियान सञ्चालन गर्ने विषयमा जानकारी दिएको हो ।

maya metro hospital

कोरोना भाइरसको जोखिम कायमै रहेकाले सबै नागरिकलाई सही तरिकाले मास्क लगाउने व्यवहारलाई प्रवर्द्धन गरी प्रोत्साहन र उत्प्रेरित गर्न नेपाल मास्क अभियान सञ्चालन गर्न लागेको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा राधिका थपलियाले जानकारी दिए ।

डा. थपलियाले निषेधाज्ञा खुकुलो भएसँगै भेटघाट बढेको, मिचिमिची हात धुने र मास्कको उचित प्रयोगमा हेल्च्याक्र्याई भइरहेको तथा सबै नागरिकलाई समयमा नै खोप लगाउन नसकिएका कारण जुनसुकै बेला पनि संक्रमण बढ्नसक्ने बताए । उनले मास्कको उचित प्रयोगले नै कोरोनाको जुनसुकै भेरियन्टबाट बच्न सकिने पनि बताए ।

attariya hospital
EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.