वडा प्रहरी कार्यालय महेन्द्रनगरले थाल्यो जनतासंग हातेमालो
बिकाश सिंह महता/कञ्चनपुर – वडा प्रहरी कार्यालय महेन्द्रनगरले जनतासंंग हातेमालो गर्न थालेको छ । ‘हर प्रहर, गाँउ र नगरी, टोल टोलमा नेपाली प्रहरी’ भन्ने मुल नाराका साथ जिल्ला प्रहरी कार्यालयले शुक्रवार भीमदत्त नगरपालिका–२ को कार्यालयमा महिला वालवालिका विरुद्ध हुने अपराध बारे जनचेतनका कार्यक्रम गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
विश्वव्यपि रुपमा फैलिएको कोरोना महामारी रोकथाममा प्रहरी व्यस्त रहेको बेला समाजमा अपराधिक क्रियाकलाप बढ्न नदिने उदेश्यले वडा प्रहरी कार्यालय महेन्द्रनगरले उक्त कार्यक्रम संञ्चालन गरेको जनाएको छ ।
समाज र प्रहरीको सहकार्यबाट नै अपराध नियन्त्रण गर्न सकिने र समाजलाई सभ्य, सु–सस्कृत बनाउ सकिने भएकाले लागु औषध घरेलु मदिरा, साईवर अपराध नियन्त्रण, आत्मरक्षा लगायतका कार्याक्रमलाई फेरी प्रहरीले निरन्तरता दिएको जिल्लाप्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एवं प्रहरी उपरिक्षक उमा प्रसाद चतुर्बेदीले बताए ।
वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख एवं प्रहरी निरिक्षक अमर बहादुर माझीले कार्यक्रममा अपराध, लागु औषध र साईवर अपराध नियन्त्रण सम्बन्धी सामाग्रि प्रस्तुत गरेका थिए ।
कार्यक्रममो सभापतित्व गरेका भीमदत्त नगरपालिका–२ का वडाध्यक्ष डम्बर सिह कार्की(डिके)ले प्रहरीले सञ्चालन गरेको कार्यक्रम राम्रो भएको बताए ।
अध्यक्ष कार्कीले विगतका दिनमा पनि सञ्चालन गरेको कञ्चनपुर प्रहरीले उक्त कार्यक्रमलाई वडास्तरमा लैजाने योजना अनुरुप वडास्तरमा संचालन गरेकोमा प्रहरीहरुलाई धन्यबाद व्यक्त गरे ।
बुधबार पनि प्रहरीले भीमदत्त नगरपालिका–१मा छुवाछुत तथा जातिय भेदभाव न्यूनिकरण र घरेलु मदिरा नियन्त्रण सम्बन्धी सचेतना कार्याक्रम गरेको वडा प्रहरी कार्यालयले बिहीबार भीमदत्त नगरपालिका–२ मा सुरक्षित चेली अभियान अन्तर्गत अन्तक्रिया तथा छलफल कार्यक्रम गरेको थियोे ।
जिल्ल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक उमा प्रशाद चर्तुर्बेदीले प्रहरीले आउँदो दिनमा जिल्लाका सबै वडास्तरमा सुरक्षित चेली अभियानलाई निरन्ता दिने बताए ।