६० लाखको सुंगुर

उदयपुरको बेलका नगरपालिकाले ६० लाखमा सुंगुरको मूर्ति बनाएको छ । बेलका नगरपालिका वडा नम्बर ७ मैनामैनी मूलगाउँमा १२ फिट उचाई र १६ फिट लम्बाईको सुंगुरको मृत्यु बनाईएको हो ।

नगरपालिकाका मेयर दुर्गाकुमार थापाका अनुसार सुगुरको मूर्ति बनाउन ६० लाख रुपैयाँ खर्च भएको छ ।

‘यो मूर्ति नगरपालिका आफैंले बनाएको हो । दशैंसम्म उद्घाटन गर्ने तयारी छ,’ मेयर थापाले भने, ‘त्यहाँ धार्मिक पार्क पनि बनाउँछौं । ’
सुंगुरको यो मूर्तिको डिजाइन राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले गरिदिएको उनले बताए ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.