कोरोना अपडेट सुदूरपश्चिम : ७३ संक्रमित थपिदा २२ निको, २ जनाको मृत्यु 

 

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ सय ९६ नमूनाको एन्टीजेन बिधिबाट कोरोना परिक्षण गर्दा ३२ जना र १९७ नमूनाको पीसीआर बिधिबाट परिक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

maya metro hospital

यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४५ हजार ३ सय ९७ पुगेको स्वास्थ्य निर्देशनालय डोटीले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

निर्देशनालको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा २२ जनाले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३५ हजार ९ सय ४१ पुगेको छ ।

attariya hospital

यसैबिच प्रदेशमा पछिल्लो २४ घण्टामा २ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका – ३ की ६५ बर्षीय महिला र दिपायल सिलगढी नगरपालिका – १ का ३३ बर्षीय पुरुष रहेका छन । प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ ।

कोरोनाबाट ज्यान गुमाउने १० हजार नाघे
यसैबिच देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप २५ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको हो । यसैगरी नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३ हजार ७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा शुक्रबार थप ७०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ४७१, भक्तपुरमा ८३ र ललितपुरमा १४७ जनामा संक्रमण पुष्टि भएको हो । देशभर हालसम्म ३४ हजार ९४२ सक्रिय संक्रमित छन् ।
शुक्रबार १ हजार ८८५ जना संक्रमणमुक्त भएका छन् ।
EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.