केहि स्थानमा आज पनि बर्षाको सम्भावना
देशभर शुक्रबारको मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मुलुकका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन्।
प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। शुक्रबार राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
अहिले बिहान देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ। देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रही प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनर चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू – भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने महाशाखाले जनाएको छ।
यस्तै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले आग्रह गरेको छ।