अत्तरिया – कैलालीको अत्तरियामा रहेको न्यू सृजनशिल युवा क्लबले बृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । गोदावरी नगरपालिका वडा नं. १ को प्रर्वद्धनमा क्लबले सृजनशिल वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो ।
क्लबको वार्षिक कार्यक्रम अन्तरगत बृक्षारोपण गरिएको क्लबका उपाध्यक्ष एवम् वडा नं. १ का वडाध्यक्ष शर्मानन्द भट्टले बताए ।

‘क्लबले गत वर्ष पनि वृक्षारोपण कार्यक्रम आयोजना गरेका थियो’ उनले भने ‘गत वर्ष क्लबकै मैदानमा बृक्षारोपण गरेका थियौ भने यो वर्ष क्लब अगाडीको पेटीमा र मन्दिरमा बृक्षारोपण गरेका छौ ।’

बृक्षारोपणले नगरपालिकाको गिन गोदावरीको अवधारणालाई पनि सहयोग पुर्याउने उनले बताए । ‘नगरपालिकाले पनि एक घर एक बोटको अवधारणा ल्याएको छ’ उनले भने ‘हाम्रो यो वृक्षारोपण कार्यक्रमले नगरपालिकाले त्यो अवधारणालाई पनि सहयोग पुर्याउने हामीले विश्वास लिएका छौ ।’
क्लबले करिब ६० वटा बोटहरु रोप्ने बताउदै उनले रोपिएका बोटहरुको संरक्षण पनि क्लबले नै गर्ने बताए ।
सव डिभिजन बन कार्यालय अत्तरियाले क्लबलाई बोटविरुवा सहयोग गरेको थियो ।
‘एक सदस्य, एक बोट’ भन्ने मुल नाराका साथ आयोजित बृक्षारोपण कार्यक्रममा क्लबका सदस्यहरु तथा स्थानियको सहभागीता रहेको थियो ।
















