धनगढी – जेनजी आन्दोलनका कारण बन्द रहेका सुदूरपश्चिमका सीमा नाकाहरू पुनः सञ्चालनमा आएका छन् । कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर गौरीफन्टा, बैतडीको झुलाघाट सहितका भारतसँगको प्रमुख सीमा नाकामा आवागमन सुरु भएको हो ।

भारतीय पक्षले गत हप्ता देखिएको तनावपछि नेपाली नागरिकको प्रवेशमा रोक लगाएको थियो ।

अहिले नाकामा सुरक्षा व्यवस्था भने कडा पारिएको छ । नाकामा आवतजावत सहज बनाउन दुवै देशका सुरक्षा निकायबीच समन्वय भइरहेको जनाइएको छ ।















