खाेज्नुहाेस

हेतलको सम्झनामा अत्तरिया चोकमा दीप प्रज्वलन

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ३ की हेतल खत्रीको सम्झनामा अत्तरिया चोकमा दीप प्रज्वलन गरिएको छ । भदौ २३ गते काठमाण्डौंमा मृत फेला परेकी हेतल प्रति श्रद्धाञ्जली गर्दै दीप प्रज्वलन गरिएको हो ।

आइतबार उनका आफन्त तथा स्थानीय भेला भएर अत्तरिया चोकमा दीप प्रज्वलन गरेर श्रद्धाञ्जली अर्पण गरेका थिए । हेतल काठमाण्डौंको न्यु युनिभर्सल गल्स होस्टेलमा मृत फेला परेकी थिइन । उनी काठमाण्डौंमा फेसन डिजाइन तथा मोडलिङ गर्दै आएकी थिइन । उनको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको अवस्थामा शव फेला परेको आफन्तको भनाइ छ ।

attariya hospital
navjiwan hospital

उनले होस्टेलमा सुतेकी हेतलको धारिलो हतियार प्रयोग भएको अवस्थामा शव फेला परेपछि आफन्त तथा स्थानीयले उनको न्यायको लागि न्याय माग्दै विभिन्न दबाबमूलक कार्यक्रम पनि गर्दै आएका छन् ।

भिडियो