
काठमाण्डौ– राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षा आगामी चैत पहिलो सातादेखि सञ्चालन गर्ने तयारी गरेको छ । एसईईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्नेगरि चैत पहिलो साता नै परीक्षा सञ्चालन गरिने बोर्डले सार्वजनिक गरेको वार्षिक कार्यतालिमा उल्लेख छ ।
बोर्डले माध्यमिक तहको अन्तिम मानिने कक्षा १२ को वार्षिक परीक्षा भने २०८३ साल वैशाख १० गतेदेखि सञ्चालन गर्ने भएको छ । कक्षा १२ को नतिजा साउन १५ गतेभित्रमा सार्वजनिक गर्ने बोर्डको तयारी छ । बोर्डले एसईईसँगै कक्षा नौ र १० को रजिस्ट्रेसन तथा परीक्षा फाराम छपाइ, वितरणलगायतका कार्यतालिका पनि सार्वजनिक गरेको छ ।


















