खाेज्नुहाेस

सुदूरपश्चिम विश्वविद्यालयका २ विद्यार्थी अन्तर्राष्ट्रिय बहसमा सहभागी हुँदै

Image

धनगढी –  सुदूरपश्चिम विश्व विद्यालयका २ विद्यार्थी अन्तर्राष्ट्रिय बहसमा सहभागी हुने भएका छन् । कैलाली बहुमुखी क्याम्पस कानुन संकाय चौथो सत्रमा अध्ययनरत पदमबहादुर साउँद र केन्द्रीय क्याम्पस कानुन संकाय चौथो सत्रमा अध्ययनरत ईश्वर दत्त भट्ट अन्तर्राष्ट्रिय बहसमा सहभागी हुने भएका हुन् ।

navjiwan hospital

आफूहरूले भारतमा आयोजना हुन लागेको कानूनका विद्यार्थीहरूको अन्तर्राष्ट्रिय बहस प्रतियोगिता सहभागिता जनाउन लागेको भट्टले बताए ।

add everest academy
attariya hospital

भदौ १५ गते महाकुम्भ स्थान प्रयागराजमा सञ्चालन हुने प्रतियोगितामा विश्वभरिका २९ विश्वविद्यालय सहभागी हुँदैछन् । जसमा डडेल्धुराका पदम र दार्चुला ईश्वरले सहभागिता जनाउन लागेका हुन् ।

वैश्विक जमघटमा संयुक्त राष्ट्र संघ शान्ति स्थापनामा सफल की असफल ? भन्ने विषयमा बहस हुने छ ।