खाेज्नुहाेस

धनगढीमा लगानी सम्मेलनको पूर्वतयारी स्वरूप प्रि–समिट सुरु

Image

धनगढी – कैलालीको धनगढीमा लगानी तथा विकास सम्मेलनका लागि पूर्वतयारी स्वरूप प्रि–समिट सुरु भएको छ । बुधबार परराष्ट्रमन्त्री डा. आरजु राण देउवाको प्रमुख आतित्थ्यतामा प्रि–समिट सुरु भएको हो ।

navjiwan hospital

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा भइरहेको प्रि–समिटमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको पनि उपस्थिति छ ।

add everest academy
attariya hospital

सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनका लागि पूर्वतयारी स्वरूप प्रि–समिट आयोजना गरिएको हो । ‘सुदूरपश्चिमको सशक्तीकरण : लगानी, नवप्रवर्तन र उन्नति’ मूल नाराका साथ सुदूरपश्चिम प्रदेश सरकारले लगानी तथा विकास सम्मेलन असोज १ र २ गते आयोजना गर्दैछ ।