खाेज्नुहाेस

सुदूरपश्चिममा स्थानीय तहका कर्मचारी आन्दोलित

Image

धनगढी – प्रदेश स्थानीय सेवा गठन सञ्चालन सम्बन्धमा बनेको ऐन जारी गर्न दबाब दिन सुदूरपश्चिम प्रदेशका स्थानीय तहका कर्मचारी आन्दोलित भएका छन् । शुक्रबार प्रदेशअन्तर्गतका स्थानीय तहमा कार्यरत कर्मचारीको धनगढीमा भएको भेलाले प्रदेश संर्घष समिति गठन गरेको छ ।

navjiwan hospital

भेलाबाट समितिको संयोजकमा झलक दौलेल, सहसंयोजकमा मीनबहादुर खड्का र लक्ष्मी विष्ट चयन भएका छन् ।

attariya hospital

त्यस्तै, सचिवमा शङ्कर जोशी, कोषाध्यक्षमा अर्जुन जोशी र सदस्यहरूमा भरत चन्द, गगन धामी, गोपाल विष्ट, डबल भाट, अमृत कुमार ओली, शेरबहादुर कार्की, रमेश प्रसाद भट्ट, शङ्कर साउद, शङ्कर न्यौपाने, लक्ष्मण जाग्री, कुलराज उपाध्याय, सुनिल रावल, शङ्कर थापा, विष्णु पाण्डे, गणेश जोशी, सुरेश बोहरा, धर्म कडायत र हेमकान्त सुवेदी चयन भएका छन् ।