खाेज्नुहाेस

नेपालको मृत्युदरमा सामाजिक असमानता कायमै

Image

काठमाण्डाै – नेपालमा कोरा मृत्युदर घटे पनि भूगोल, आर्थिक वा जातीय आधारमा हुने मृत्युदरमा असमानता कायमै रहेको पाइएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को विषयगत प्रतिवेदनहरू सार्वजनिक गर्ने क्रममा आज सार्वजनिक गरेको नेपालमा मृत्यु स्थितिसम्बन्धी प्रतिवेदन अनुसार असमानता कायमै रहेको पाइएको हो ।

attariya hospital

प्रतिवेदन अनुसार २० वर्षअघि अर्थात् २०५८ सालमा प्रतिहजार १० दशमलव २ जना रहेको कोरा मृत्युदर २०७८ सालमा घटेर प्रतिहजार ६ दशमलव ८ जनामा झरेको छ ।

navjiwan hospital

प्रतिवेदन अनुसार नेपालीको औसत आयु ७१ दशमलव ३ वर्ष रहेको छ । तर यसमा सम्पन्न वर्गमा ७३ दशमलव १ वर्ष र विपन्न वर्गमा ७१ दशमलव ३ वर्ष रहेको छ । यस्तै पहाडी दलितको औसत आयु ६७ दशमलव ३ वर्ष छ ।

यस्तै पुरुषको मृत्युदर महिलाको तुलनामा उच्च रहेको देखिएको छ । अहिले नेपालमा १ हजार महिलाको मृत्यु हुँदा १ हजार ३ सय ७६ पुरुषको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ ।

maya metro hospital

नेपालमा हुने कुल मृत्युमध्ये झन्डै ५० प्रतिशत नसर्ने रोगहरूका कारण हुने गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तै सरुवा रोगहरूले १२ दशमलव ६ प्रतिशत, सडक तथा अन्य दुर्घटनाबाट ५ दशमलव ९ प्रतिशत, आत्महत्याबाट २ दशमलव ७ प्रतिशत र प्राकृतिक प्रकोपबाट ४ दशमलव ८ प्रतिशत मृत्यु भएको देखिन्छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले मृत्युदरमा आएको गिरावटलाई सकारात्मक सङ्केतका रूपमा व्याख्या गरे पनि सामाजिक, आर्थिक र जातीय असमानताका कारण जीवनप्रत्याशामा ठूलो भिन्नता देखिएको जनाएको छ । यसले स्वास्थ्य, पोषण, पहुँच र सेवा वितरणमा गहिरो असमानता रहेको सङ्केत गरेको छ ।

Karma Consultancy