धनगढी – भारतको खिरी जिल्लाको खुटारमा भएको दुर्घटनामा परी नेपाली कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाह मनु सहित उनका परिवारका ६ जना घाइते भएका छन ।
परिवारका सदस्य सहित धनगढीबाट दिल्ली जादै गरेका शाह चढेको गाडी आज बिहान भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परेको हो ।


खुटारमा दुर्घटनामा घाईते भएका छ जनामध्ये तीन जनालाई उपचारका लागि खुटारबाट शाहजहाँपुर लगिएको थियो । तीन जनालाई धनगढी ल्याईदैछ ।
शाह चढेको गाडी बससंग ठोकिएको थियो । बसको ठक्करबाट उनी चढेको गाडी पुरै क्षतिग्रस्त भएको छ ।
गाडीमा शाह, उनकी पत्नी, छोरी, आमा, बहिनी र ज्वाई सवार थिए । शाह, बहिनी र ज्वाईलाई थप उपचारका लागि शाहजहाँपुर लगिएको बताईएको छ ।
