खाेज्नुहाेस

कञ्चनपुरका हरिकिसन मृत्यु घटना : निष्पक्ष छानबिनको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

Image

कञ्चनपुर – कञ्चनपुरको बेलडाँडीका हरिकिसन रानाको मृत्यु घटनाको निष्पक्ष छानबिनको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । बिहीबार नेपाल रानाथारू समाज तथा नेपाल रानाथारू युवा समाजका केन्द्रीय प्रतिनिधिहरूले काठमाडौँमा गृहमन्त्री रमेश लेखकलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन ।

navjiwan hospital

ज्ञापन पत्रमा बेलडाँडी गाउँपालिका–३ कमरीका भैँसीपालक किसान तथा दुग्ध व्यवसायी रानाको जलेर मृत्यु भएको घटनाका शङ्कास्पद व्यक्तिहरूलाई यथाशीघ्र हिरासतमा लिई निष्पक्ष छानबिन गर्न माग गरिएको छ ।

attariya hospital

ज्ञापन पत्रमा भनिएको छ ‘उक्त घटना शङ्कास्पद, रहस्यमयी रहेको तथा विविध सञ्चारमाध्यममा यस घटनासँग जोडिएर पुराना घटनाक्रम समेत सार्वजनिक भइरहेका छन् । आम जनमानसमा व्यापक चासो र आक्रोश देखिएको हुँदा शङ्कास्पद व्यक्तिहरूलाई यथाशीघ्र हिरासतमा लिई निष्पक्ष छानबिन गरियोस् ।’

ज्ञापन पत्रमा नेपाल रानाथारू समाजका अध्यक्ष कमल सिंह राना, पूर्व अध्यक्ष तथा संविधानसभा सदस्य कृपाराम राना, नेपाल रानाथारू युवा समाजका अध्यक्ष कमल राना, महासचिव अनिल राना, सचिव अर्जुन राना, केन्द्रीय सदस्य राम प्रताप राना, उपेन्द्र राना र अरुण सिंह बडायकको हस्ताक्षर रहेको छ । राना वैशाख ९ गते बिहान बेलौरी नगरपालिका–१० शिवनगरस्थित निर्मल शारदा आर्यघाट नजिकै हरिकिसन राना मोटरसाइकल सहित जलेको अवस्थामा मृत फेला परेका थिए ।