रेखा खड्का, अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाक्षेत्रबाट भन्सार छलीका अवैध सामान बरामद गरिएको छ । नगरपालिकाको वडा नं. ४ बनदेवी मन्दिर नजिक सडक किनारामा प्रहरीले अवैध रुपमा भन्सार छलीका सामान बरामद गरेको हो ।

सो क्षेत्रबाट कुर्ता, टाउजर, सुर्ति, बिडि, आन्टी, टिकटक बनाउन प्रयोग गरिने मेसिन लगायतका सामानहरु बरामद गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक गंगा बहादुर थापाको कमाण्डमा खटिगएको प्रहरी टोलीले करिब १ लाख ५७ हजार ६०० बराबरका उक्त सामानहरु बरामद गरेको प्रहरीले जनाएको छ ।