कञ्चनपुर– कञ्चनपुरमा जंगली हात्ती मृत फेला परेको छ । जिल्लाको लालझाडी गाउँपालिका–४ को पर्सिया र जाई गाउँको आसपास रहेको सडक किनारमा वयस्क हात्ती मरेको अवस्थामा भेटिएको डिभिजन बन कार्यालय कञ्चनपुरले जनाएको छ ।

विगत केही महिनादेखि आतङ्क मच्चाउँदै आएको क्षेत्रमा बुधबार बिहान हात्ती मृत अवस्थामा फेला परेको हो । मरेको अवस्थामा हात्ती फेला परेपनि के कति कारणले मृत्यु भएको हो भन्ने कुरा नखुलेको बताईएको छ ।

लाल झाडी कोरिडोरमा रहेको हात्तीले गत असोजदेखि सो क्षेत्रमा खेतीपातीमा नोक्सान गर्दै आएका छन् । हात्तीको आक्रमणबाट कञ्चनपुरमा यसै वर्ष दुई जनाको ज्यानसमेत गएको थियो ।