अत्तरिया – कञ्चनपुरमा गाई गोठमा आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको छ ।


सोमबार शुक्लाफाँटा नगरपालिका – २ रानिपुरकी कलावती धानुकको दुई तले काठले बनेको कच्ची गाई गोठमा आगलागी हुँदा गोठ र गोठ भित्र रहेका रहेका पराल, काठ, भुसा लगायतका सामानहरू गरी ६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगो स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।