अत्तरिया – कञ्चनपुरबाट प्रहरीले ८ किलोग्राम चरेस सहित २ जनलाई पक्राउ गरेको छ । मंगलबार इलाका प्रहरी कार्यालय ब्रहमदेबबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका – ९ ब्रहमदेबबाट २ जनालाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा बझाङको पाथिभारा गाउँपालिका – २ का महेन्द्र बहादुर रोकाया र अमर बहादुर रोकाया रहेका छन् ।

शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा महेन्द्रको साथबाट ४ किलो ३३९ ग्राम र अमरको साथबाट ४ किलो ५८७ ग्राम गरी ८ किलो ९२६ ग्राम लागू औषध चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
