खाेज्नुहाेस

शुक्लाफाँटाका बमनुरामको उखुबारीमा आगलागी

Image
file photo

कञ्चनपुर– कञ्चनपुरको एउटा उखुबारीमा आगलागी भएको छ । शनिबार साँझ जिल्लाको शुक्लाफाँटा नगरपालिका– १२ का बमनुराम रानाको उखुबारीमा आगलागी भएको हो । १० कट्टा जमिनमा लगाईएको उखुबारीमा आगलागी हुँदा करिब ३ लाख रुपैया भन्दा बढीको क्षती भएको पिडित बमनुराम रानाले बताएका छन ।

navjiwan hospital

समुहबाट ऋण लिएर गरेको उखुखेती सबै जलेर नष्ट भएको उनले बताए । उनले आफूले उखु काट्नका लागि मिलबाट अनुमती लिएर आएको र दुई दिनभित्र काट्ने तरखर गरेका बेला उक्त घटना घटेको बताए ।

attariya hospital

छिमेकी मोतिराम रानाले नजिकै रहेको आफ्नो बारीमा रहेका उखुका पात जलाउने क्रममा बमनुको बारीमा आगलागी भएको शुक्लाफाँटा–१२ वडाध्यक्ष नवलसिंह रानाले बताएका छन । उखुबारीमा आगलागी भएको जानकारी पाएपछि स्थानीय बासिन्दाले आगो निभाएका थिए । अन्य किसानको उखु भने आगलागी हुनबाट जोगिएको छ ।