खाेज्नुहाेस

पशु स्वास्थ्य तथा सेवा व्यवसायी परिषदमा सुदूरपश्चिमबाट बोहरा विजयी

Image

अत्तरिया – पशु स्वास्थ्य तथा सेवा व्यवसायी परिषद निर्वाचनमा भूगोलतर्फ सुदूरपश्चिम प्रदेशबाट लाल बहादुर बोहरा विजयी भएका छन्। उनी नेकपा एमाले र नेपाली कांग्रेस निकट गठबन्धनबाट उपाध्यक्षका उम्मेदवार काजिबहादुर श्रेष्ठ नेतृत्वको प्यानलबाट उम्मेदवार बनेका थिए। बोहराले ९० मतको अन्तरले निकटतम प्रतिद्वन्द्वी धन बहादुर चौधरीलाई पराजित गरे।

navjiwan hospital

बोहराले ४१७ मत प्राप्त गर्दा चौधरीले ३२७ मत पाएको नेल्टा सुदूरपश्चिम प्रदेशका सचिव हेमन्त बाजेले जानकारी दिएका छ्न । निर्वाचनमा कुल ७४९ मत खसेको थियो। सुदूरपश्चिममा १ हजार ६६७ जना मतदाता थिए।

attariya hospital

बोहरा नेल्टा नेपालका सुदूरपश्चिम प्रदेश संयोजक हुन्। भूगोलतर्फ प्रदेश सदस्यमा निर्वाचित भएपछि बोहराले आफ्नो प्राथमिकता पशु स्वास्थ्य तथा सेवामा कानुनी मान्यता, मर्यादा र गुणस्तर कायम गर्नेमा रहेको बताए।

उनले एक गाउँ एक प्राविधिक योजना, करार सेवामा कार्यरत प्राविधिकहरूको दिगो व्यवस्थापन, निजी क्षेत्रलाई दर्ता र नवीकरणमा सहजता ल्याउने र परिषदसँग सरोकार राख्ने पेसागत संस्थाहरूका सदस्यहरूको योग्यता, अनुभव र सीपअनुसार कार्य सुनिश्चित गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।