खाेज्नुहाेस

फोनिज सुदूरपश्चिमको अध्यक्षमा उन्नती निर्वाचित

Image

धनगढी – नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सुदूरपश्चिमको अध्यक्षमा कालीमैँया चौधरी (उन्नती) निर्विरोध निर्वाचित भएकी छिन् । शनिबार फोनिज प्रदेश कार्यसमितिको तेस्रो महाधिवेशनले उन्नतीलाई नेतृत्वमा सर्वसम्मत चयन गरेको हो ।

navjiwan hospital

समितिको उपाध्यक्षमा बन्वारी राना (सौरभ), महिला उपाध्यक्षमा चन्द्रिका चौधरी, महासचिवमा भानुप्रताप राना, सचिवमा हरेन्द्र चौधरी, रतनलाल चौधरी र कोषाध्यक्षमा प्रेमलाल चौधरी चयन भएका छन ।

attariya hospital

यस्तै सदस्यहरूमा स्वरुप चौधरी, राजेश श्रेष्ठ, रामप्रसाद चौधरी र दानसिंह डङ्गौरा चयन भएका छन । नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई शनिबार नै फोनिज केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले पद् तथा गोपनियताको शपथ ग्रहण गराएका छन ।

सम्बन्धीत समाचार : धनगढीमा मादल बजाएर कार्यक्रमको उद्घाटन