खाेज्नुहाेस

कञ्चनपुरबाट डेढ किलो चरेस सहित एक जना पक्राउ

Image
file photo

कञ्चनपुर –कञ्चनपुरबाट डेढ किलो चरेस सहित एक जना पक्राउ परेका छन् । वेदकोट नगरपालिका–३ सामदैजीबाट १ किलोग्राम ५८६ ग्राम चरेस सहित बझाङको बित्थड चिर गाउँपालिका–१ का ४० वर्षीय गमिलाल बोहरा पक्राउ परेका हुन ।

navjiwan hospital

लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले शनिवार बिहान बोहरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

attariya hospital

शङ्कास्पद अवस्थामा बाटोमा हिँडिरहेका बोहरालाई चेकजाँच गर्दा चरेस फेला परेको प्रहरीको भनाइ छ ।