खाेज्नुहाेस

सुदूरपश्चिमकै पहिलो महिला सार्वजनिक सवारी चालक रविना सम्मानित

Image

कञ्चनपुर– सुदूरपश्चिमकै प्रथम महिला सार्वजनिक सवारी चालक रविना चन्द सम्मानित भएकी छन । नेपाल यातायात मजदुर संघ कञ्चनपुरले चन्दलाई सम्मानित गरेको हो ।

navjiwan hospital

महेन्द्रनगर बसपार्कमा एक कार्यक्रमको आयोजना गर्दै बैतडीको पञ्चेश्वर गाउँपालिका–४ घर भएकी १९ बर्षीया रविनालाई सम्मानित गरिएको संघका अध्यक्ष धर्मानन्द जोशीले बताए । उनले सुदूरपश्चिममै एक मात्र सार्वजनिक सवारी चालक चन्दलाई प्रमाण पत्र सहित सम्मानित गरिएको जानकारी दिए ।

attariya hospital

सम्मानित भएकी चन्दले महिला भएकै कारण कुनैपनि कामबाट वञ्चित गर्न नहुने बताईन । उनले संघले गरेको सम्मानले आफुलाई पेशा प्रति थप प्रतिबद्ध भएर लाग्न प्रेरित गरेको बताईन । एक वर्ष पहिले सवारी चालक अनुमती पत्र प्राप्त गरेकी चन्दले सो बेला देखी नै सार्वजनिक सवारी साधन चलाउदै आएकी छन ।

रविना अहिले बैतडी–धनगढी–महेन्द्रनगर रुटमा गाडी चलाउँदै आएकी छन् ।