कञ्चनपुरका ३ पालिकामा ५ दिन विद्युत लाइन काटिने (सूचना सहित)

अत्तरिया – कञ्चनपुरका ३ पालिकामा ५ दिन विद्युत लाइन काटिने भएको छ । नेपाल विद्युत प्राधिकरणको महेन्द्रनगर वितरण केन्द्रका अनुसार लालपुर सबस्टेशन देखि कलुवापुर सबस्टेशन सम्मको ३३ केभी लाइनको कन्डक्टर अपग्रेड गर्न लाइन काटिन लागेको हो ।

maya metro hospital

प्राधिकरणले माघ ११ गते देखि १५ गते बिहान ९ बजे देखि बेलुकी ५ बजे सम्म उक्त फिडरमा विद्युत आपूर्ति हुने शुक्लाफाँटा नगरपालिकाका सबै स्थान, कृष्णपुरको वडा नम्बर १, २, ३ र बेलौरीमा विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।

citizen security services

नेपाल विद्युत प्राधिकरणको सुदूरपश्चिम प्रदेश कार्यालय अत्तरियाले लालपुर १३२/३३/११ केभी सबस्टेशन देखि महेन्द्रनगर वितरण केन्द्रको कलुवापुर ३३/११ केभी सबस्टेशन सम्मको ३३ केभी लाइनको कन्डक्टर अपग्रेडका लागि ठेक्का मार्फत काम गरिरहेको छ । ठेकेदार कम्पनीले ३३ केभी लाइन सट डाउनको लागि माग गरेकाले विद्युत लाइन काटिन लागिएको प्राधिकरणले जनाएको छ ।

attariya hospital

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.