दैजी–लिप्ना सडकमा ठेकेदारको चरम लापरबाही, सात वर्षमा पनि काम सकिएन

कञ्चनपुर – कञ्चनपुरको दैजी–लिप्ना सडक खण्ड कालोपत्रेमा ठेकेदारले चरम लापरबाही गरेको पाइएको छ । वेदकोट नगरपालिका–३ स्थित दैजी–लिप्ना सडक खण्ड ७ वर्ष अघि कालोपत्रेका लागि सम्झौता गरिएपछि ठेकेदारको लापरबाहीले अझै काम सम्पन्न हुन सकेको छैन ।

maya metro hospital

विस २०७४ वैशाखमा नागार्जुन कन्स्ट्रक्सन सँग २ वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । १२ किलोमिटरको उक्त सडकको ५ किलोमिटर मात्रै काम सकिएको पूर्वाधार विकास कार्यालय कञ्चनपुरले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी लक्ष्मणराज जोशीले बर्सेनि बर्खामा पहिरोले सडक भत्किने गरेकोले निर्माणमा ढिलाइ हुने गरेको बताए ।

citizen security services

उनले पछिल्लो पटक विस २०८२ असार मसान्तसम्म निर्माणको म्याद थप गरिएको छ । उक्त सडक निर्माणका लागि २१ करोड २६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.