
अत्तरिया – कञ्चनपुरको भीमदत्त नगरपालिका – १५ गोवरैया स्थित सार्वजनिक पिपल चौतारीबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन् । बुधवार १.२० ग्राम लागू औषध खैरो हेरोइन सहित स्थानीय २९ वर्षीय करन राना क्षेत्री पक्राउ परेका हुन ।


उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
