कञ्चनपुर – कञ्चनपुरबाट अवैध हतियार सहित ४ जना भारतीय नागरिक पक्राउ परेका छन । भीमदत्त नगरपालिका-६ ऐठपुर नजिक पूर्व–पश्चिम राजमार्गमा महेन्द्रनगरबाट गड्डाचौकीतर्फ जाँदै गरेको UK 06 AR 0846 नम्बरको कारमा प्रहरीले खोजतलास गर्दा ४ जना भारतीय नागरिक पक्राउ परेका हुन ।

गएराति चेकजाँचका क्रममा कारका चालक भारत उत्तराखण्डको उधमसिंहनगर जिल्लास्थित खटिमा गाउँका ३४ वर्षीय जीवन सिंह जिमेवालले चलाएको उक्त कारको चालक सिट पछाडि लुकाइएको अवस्थामा हतियार फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

चेकजाँच गर्दा “Made by ATAK arms ltd for J.G.S cal.9mm P.A.K., ZORAKI MOD.914, 0615-007619” लेखिएको म्यागेजिन र कभरसहितको पेस्तोल बरामद गरिएको छ । कारमा सवार अन्य तीन भारतीय नागरिकहरू उधमसिंहनगर खटिमाका ३१ वर्षीय कोमल बिष्ट, ३४ वर्षीय उमेद सिंह अधिकारी र २८ वर्षीय सञ्जय जेठीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।