कञ्चनपुरमा बीमाको रकम हत्याउन श्रीमतीले नै श्रीमानको हत्या गरेपछि…

धनगढी– कञ्चनपुरमा बिमाको रकम हत्याउन श्रीमतीले नै श्रीमानको हत्या गरेको खुलेको छ । जिल्लाको बेलौरी नगरपालिका– ६ भूराकोटका ४९ वर्षिय सियाराम रानालाई उनकै श्रीमतीले हत्या गरेकी हुन । श्रीमानको बिमाको रकम हत्याउनका लागि श्रीमतीले नै सियारामको हत्या गरेको प्रहरीले बताएको छ ।

maya metro hospital

राना आफ्नै घरभित्र १३ मंसिरमा मृत भेटिएका थिए । त्यसको भोलिपल्ट प्रहरीले उनकी श्रीमती जनककुमारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानको क्रममा प्रहरीले मृतक सियारामकी श्रीमती जनककुमारी र भारतीय नागरिक ३० वर्षीय फारुखलाई नियन्त्रणमा लिएको छ ।

citizen security services

मृतक सियारामले नेपाल लाइफ इन्स्योरेन्समा २८ लाखको जीवन बीमा गरेका थिए । उक्त रकम हत्याउने उद्देश्यले नै उनको हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले बताएका छन ।

attariya hospital

सोधपुछका क्रममा सियारामकी श्रीमती जनककुमारीले बिहान दुई जनाबीच झगडा भएको र दिउँसो सुतेका बेला ईंटा प्रहार गरी हत्या गरेको स्वीकार गरेको डिएसपी जोशीले बताए । त्यसपछि उनलाई पक्राउ गरेर मुुद्दा चलाइएको थियो । जनककुमारीमाथि अनुसन्धान गर्ने क्रममा भारतीय नागरिकसँग मिलेर हत्या गरेको तथ्य फेला परेपछि फारुखलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.