हुम्ला- हुम्लामा गएरातिदेखि हिमपात भएको छ । जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए ।

सिमकोटमा दुई इञ्चसम्म हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको बताइएको छ । हिमपातसँगै चिसो अत्यधिक बढेको र आवतजावतमा समेत समस्या भएको उनले बताए ।

जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ ।












