खाेज्नुहाेस

सुदूरपश्चिमका ५ पालिकाबाट अवैध सामान बरामद

Image
file photo

अत्तरिया – सुदूरपश्चिम प्रदेशका ५ पालिकाबाट प्रहरीले भन्सार छलीको अवैध सामान बरामद गरेको छ । शनिबार कैलालीको धनगढी, भजनी, बर्दगोरिया, कञ्चनपुरको भीमदत्त र बेलौरीबाट अवैध सामान बरामद गरिएको हो ।

navjiwan hospital

धनगढी उपमहानगरपालिका – २ आदर्श चोक, भजनी नगरपालिका –५ झुठाघाट र बर्दगोरिया गाउँपालिका – २ रामुपुर स्थित भित्री सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ४१ हजार ६१० रुपैयाँ बराबरको प्याज, बिडी, सुर्ती, सुटपिस, मोजा, जुत्ती, कट्टु लगायतका सामानहरु बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

attariya hospital

यस्तै भीमदत्त नगरपालिका –११ भुजेला र बेलौरी नगरपालिका – १० भुँडा चोकबाट २ लाख १५ हजार ३५० रुपैयाँ बराबरको चिनी, सुटपिस, थान कपडा, टिप्परको बम्फर, हाडबेयर, किराना लगायतका सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।