काठमाडौँ- इलाममा परालको कुन्युमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । माई नगरपालिका-२ रातेखाडीका ठकबहादुर लिम्बूको परालको कुन्युमा सोमबार राति आगलागी भएको थियो ।

आगलागीबाट जलेर देउमाई नगरपालिका-४ मंगलबारेका ४३ वर्षीय दीपक भन्ने तिलविक्रम शिवाको मृत्यु भएको हो । जलेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल भद्रपुर झापामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।


यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।