
दाङ- दाङको देउखुरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । राप्ती गाउँपालिका-३ बसन्तपुर बस्ने १८ वर्षीय सोनु गुरूङको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती-२ लालमटिया कटेशनाला नजिक बा ४ ख २२६१ नम्बरको ट्रकले रा८प ४१४६ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिएको थियो । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

