कञ्चनपुर – कञ्चनपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

लालझाडी गाउँपालिका–५ महावीर खल्लामा से १ त ३३७९ नम्बरको ट्याक्टर पल्टिँएर दुर्घटना हुँदा सोहि ठाउँका ट्याक्टर चालक विमल रानाको मृत्यु भएको हो ।


ट्याक्टर पल्टिदा रानाको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।