खाेज्नुहाेस

पत्रकार महासंघ सुदूरपश्चिमको अन्तिम नतिजा सार्वजनिक, यस्तो छ मत परिणाम

Image

अत्तरिया – नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अन्तिम मत परिणाम सार्वजनिक गरिएको छ । शुक्रबार भएको निर्वाचनको शनिबार साँझ अन्तिम मत परिणाम सार्वजनिक गरिएको हो । अन्तिम मत परिणाम अनुसार अध्यक्षमा भरतबहादुर शाह ४३७ मतका साथ विजयी भएका छन । उनका प्रतिद्धन्द्धी मिनबहादुर बमले १९२ मत ल्याएका छन ।

त्यस्तै उपाध्यक्षमा मानबहादुर साउँद विजयी भएका छन । उनी ३३३ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्धन्द्धी राम धामीले २८० मत ल्याएका छन । उपाध्यक्ष महिलामा हेमन्ती डगौरा चौधरी विजयी भएकी छिन । उनी ३३६ मतका साथ विजयी हुँदा उनकी प्रतिद्धन्द्धी कालिमैया चौधरी (उन्नती) ले २६१ मत ल्याएकी छिन ।

add everest academy
attariya hospital

महासचिवमा शिवराज भट्ट विजयी भएका छन । उनी ३४८ मतका साथ विजयी हुँदा उनका प्रतिद्धन्द्धी हरिप्रसाद जोशीले २६८ मत ल्याएका छन ।

navjiwan hospital

सचिव खुलामा धनराज साउँद र सचिव समावेशीमा इन्द्रा कुमारी केसी (इन्दु) निर्वाचित भएकी छिन । साउँद ३९६ मतका साथ विजयी हुँदा उनका प्रतिद्धन्द्धी भुवनेश्वर प्रसाद बोहरा (भुवन) ले १७३ मत ल्याएका छन ।
सचिव समावेशी पदमा विजयी इन्दुले ३५५ मत ल्याउँदा उनका प्रतिद्धन्द्धी मुकेश टेर्राले २३० मत ल्याएका छन ।

यस्तै कोषाध्यक्षमा बरुण पनेरु विजयी भएका छन । उनी ३७६ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्धन्द्धी हर्कबहादुर विक (हरिष) ले २१९ मत ल्याएका छन ।

attariya technical collage

यस्तै सदस्यमा अर्जुनबहादुर सिंह ४२४ मत, केशवदत्त भट्ट ४२८ मत, कृतबहादुर बिष्ट ४२१ मत, दिनेशबहादुर कठायत ३५४ मत र रमेश कुमार केसी ३२३ मतका साथ विजयी भएका छन ।

यसअघि समितिको महिला सदस्यमा दुर्गा देवकोटा, भुवनेश्वरी कुमारी शाही, सन्तोषी रावल, दलित सदस्यमा प्रदिप मलासी, आदिवासी जनजाती सदस्यमा छविलाल चौधरी, सागर कुश्मी, भीमबहादुर चौधरी र अल्पसंख्यक/ अपाङ्गताबाट नहकुलदेव जिसी निर्विरोध निर्वाचित भएका थिए ।

Karma Consultancy