खाेज्नुहाेस

कञ्चनपुरबाट ११.८३ ग्राम लागू औषध सहित २ भारतीय पक्राउ

Image
navjiwan hospital

अत्तरिया – कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट ठूलो परिणाममा लागू औषध सहित २ भारतीय नागरिक पक्राउ परेका छन । शनिबार साँझ खैरो हेरोइनको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका– ४ महेन्द्रनगरस्थित सब्जी मन्डी जाने सडकमा भारतीय नम्बर प्लेटको युपी ०६ बिडी ८८०२ मोटरसाइकल रोकी चेकजाँच गर्दा दुई भारतीय नागरिकलाई पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा उत्तराखण्ड, उधमसिंहनगरका २७ वर्षीय सलमान शाह र २४ वर्षीय प्रभजोत सिंह खिंडा छन्। उनीहरूको साथबाट ११.८३ ग्राम खैरो हेरोइनजस्तो लागूपदार्थ र मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। लागू औषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर र कञ्चनपुर प्रहरीको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

add everest academy
attariya hospital